दफा ६७
निरीक्षकको काम, कर्तव्य र जिम्मेवारी
ऐनको दफा २९ बमोजिमको निरीक्षकको काम, कर्तव्य .र जिम्मेवारी देहाय बमोजिम हुनेछः-
(क) खानेपानीको मुहान; प्रसारण तथा वितरण प्रणाली र प्रशोधन केन्द्रको अनुगमन तथा निरीक्षण गर्ने,
(ख) आयोजनाको भौतिक सुरक्षा तथा वातावरणमा पर्ने प्रतिकूल असर न्यूनीकरण गर्ने/क्रियाकलाप कार्यान्वयन गरे नगरेको अनुगमन तथा निरीक्षण गर्ने,
(ग) खानेपानी प्रदुषण हुनबाट बचाउने तथा स्वस्थकर बनाउने उपाय अवलम्बन गरे नगरेको अनुगमन तथा निरीक्षण गर्ने,
(घ)- खानेपानीको गुणस्तर कायम गर्न अवलम्बन गरिएका उपाय तथा फोहोरपानी मापदण्डको पालना भए नभएको अनुगमन र निरीक्षण गर्ने,
(ङ) नेपाल सरकारले निर्धारण गरेको मापदण्ड बमोजिम फोहोरपानी प्रशोधन गरी सुरक्षित रुपमा विसर्जन गरे नगरेको अनुगमन तथा निरीक्षण गर्ने,
(च) खानेपानी तथा फोहोरपानीको नियमित रुपमा परीक्षण गरी गुणस्तर सुनिश्चित गर्ने काम गरे नगरेको अनुगमन तथा निरीक्षण गर्ने,
(छ) अनुमतिपत्रमा उल्लिखित शर्तको पालना भएको नदेखिएमा मन्त्रालयले तोकेको अधिकारी र आयोगलाई जानकारी दिने,
(ज) उपभोक्तालाई: उपलब्ध गराइने खानेपानी सेवा तथा सरसफाइ सेवाको व्यवस्थापन तथा खानेपानी आपूर्ति लगायतका अन्य प्राविधिक विषयको अनुगमन तथा निरीक्षण गर्ने,
(झ) खानेपानीको वितरण प्रक्रिया तथा गुणस्तर मापन प्रक्रियाको अनुगमन र निरीक्षण गरी आवश्यकता अनुसार सुधारका लागि निर्देशन दिने,
(ज) स्रोत तथा खानेपानी प्रणालीमा उपलब्ध पानीको मापन गरी लगत राखे नराखेको, खानेपानी सेवा तथा सरसफाइ सेवा चुस्त, दुरुस्त तथा प्रभावकारी भए नभएको, चुहावट नियन्त्रण तथा सुरक्षा प्रणाली मापदण्ड अनुसार राखे नराखेको अनुगमन गरी आवश्यकता बमोजिम सुधार गर्न निर्देशन गर्ने।